Ads

राजा र राणा एउटै हुन्, मौका पाउँदा अँधेरा दिन देखाएकै थिए: प्रधानमन्त्री ओली


मधेस प्रदेश प्रहरी कार्यालयको नयाँ प्रशासनिक भवन उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ति सुव्यवस्था खलबलाउने प्रयास भइरहेकाले सचेत रहनुपर्ने चेतावनी दिएका छन्।

प्रधानमन्त्री ओलीले भने, “भड्काउने मानिसहरू थुप्रै छन्। उनीहरूको उद्देश्य देशलाई प्रतिगमनतिर लैजानु हो। चाहे राजतन्त्रतर्फ होस् वा राणातन्त्रतर्फ, मौका पाउँदा उस्तै किसिमका कदम चाल्नेहरू छन्।”

उनले ऐतिहासिक घटनाक्रमको स्मरण गर्दै भने, “राणाहरूले मौका पाउँदा जे गरे, राजाहरूले पनि त्यही गरे। ०१७ सालका गतिविधि, ०५८ सालका दरबार हत्याकाण्ड, जनताका अधिकार हरण, नेताहरूलाई थुन्ने र निर्वाचित प्रधानमन्त्रीलाई हटाउने जस्ता क्रियाकलाप हामीले देखेका छौँ। अँध्यारा दिन फेरि फर्काउने कोसिस भइरहेकाले सचेत रहन आवश्यक छ।”

प्रधानमन्त्री ओलीको यो अभिव्यक्तिले देशको वर्तमान राजनीतिक चुनौती र संवैधानिक लोकतन्त्रको संरक्षणको आवश्यकता माथि ध्यानाकर्षण गराएको छ।

Ads

सम्बन्धित पोष्टहरू