Ads

काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिश्री


भारतीय विदेश सचिव बिक्रम मिश्री काठमाडौं आइपुगेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तो लिएर मिश्री काठमाडौं आइपुगेका हुन्। उनी भर्खरै काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन्।

भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

यहाँ रहँदा भारतका विदेश सचिवले नेपालका उच्च अधिकारीहरूसँग पनि भेट गर्ने छन्। उनी सोमबार काठमाडौंबाट प्रस्थान गर्ने कार्यक्रम छ।

Ads

सम्बन्धित पोष्टहरू