काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं रक्षामन्त्री भीम रावलले नेपाली भूमिमाथि भारत र चीनबीच भएको सहमतिप्रति कडा आपत्ति जनाएका छन् ।
लिम्पियाधुरा, लिपुलेक र कालापनी क्षेत्र नेपालकाे अभिन्न अङ्ग भएको दोहोर्याउँदै रावलले उक्त भूभागलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने पहल नेपालकाे स्वाधीनता र हित विपरीत भएको टिप्पणी गरेका छन् । उनले सरकारलाई राष्ट्रिय अखण्डताको रक्षा गर्न कडाइका साथ पहल गर्न आग्रहसमेत गरेका छन् ।
उनका अनुसार, विगतमा समेत यस विषयमा गम्भीर बहस र पहल नभएकै कारण आजको समस्या देखा परेको हो । रावलले राष्ट्र प्रमुखहरूले मित्र राष्ट्रहरूसँग सम्बन्ध राख्दा सत्ता स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हित प्रवर्द्धन गर्ने खालकाे नीति अख्तियार गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्