Ads

विप्लवलाई भेट्न हरिसिद्धि पुगे प्रचण्ड


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच सोमबार बिहान भेटवार्ता भएको छ।

ललितपुरको हरिसिद्धिमा भएको भेटवार्ता बिहान १० बजेदेखि सुरू भएको अध्यक्ष दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन्।

यसअघि माओवादी केन्द्रको स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको थियो। तर नेकपाले भने एकताको ठोस आधार प्रस्तुत गर्न आग्रह गरेको थियो। यही सन्दर्भमा दुई नेताबीच आजको छलफल केन्द्रित भएको बताइएको छ।

Ads

सम्बन्धित पोष्टहरू