Ads

२८२ भदौ १३ गते शुक्रबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज रोकिएका काम बन्नेछन् र नयाँ काम सुरु हुने सम्भावना छ । व्यापारमा पनि फाइदा हुनेछ । बहुमूल्य धातु संग्रह गर्ने अवसर मिल्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ र शत्रुहरू परास्त हुनेछन् । प्रेम र मित्रताको बन्धन अझ मजबुत बन्ने समय छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । परिवारमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोस् । राजनीतिक पहुँच बढ्ने समय छ, तर भूमि सम्बन्धी वा स्थायी सम्पत्ति बारे विवाद आउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)काममा आफन्तको सहयोग जुट्नेछ । तर ढाड वा जोर्नी सम्बन्धी स्वास्थ्य समस्या आउन सक्छ । आम्दानी बढ्नेछ र उत्साह थपिनेछ । आफ्नै कमजोरीका कारण अवसर गुम्न सक्ने सम्भावना छ । मान सम्मानमा चोट पुग्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)सुखद समाचार प्राप्त हुनेछ, जसले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । आत्मीय जनसँग भेटघाट हुनेछ । व्यवसाय, उद्योगधन्दा तथा कलामा राम्रो फाइदा हुनेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार व्यवसायमा फाइदा हुनेछ । इष्टमित्र वा बन्धुबान्धवको सहयोगले अप्ठ्यारा काम पनि सजिलै पूरा हुनेछ । भूमिबाट प्रशस्त फाइदा हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)पति पत्नी बीच असमझदारी बढ्ने सम्भावना छ । शिर वा पेटको समस्याले सताउन सक्छ । चिताएको काममा ढिला सुस्ती हुनेछ । अस्वस्थताले सामाजिक तथा राजनीतिक प्रभाव कमजोर हुन सक्छ । आमाको स्वास्थ्य कमजोर हुन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)जीवन साथीलाई पीडा हुने योग छ । स्वास्थ्य समस्याको पहिचान गर्न कठिनाइ हुन सक्छ । दिदी बहिनी बीच असमझदारी बढ्न सक्छ । समाजले बहिष्कार गरेका वा अनुचित आचरण गर्नेहरूसँग नजिकिनु पर्ने अवस्था आउन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)लामो समयदेखि रोकिएका काम सम्पन्न गर्ने मौका छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्न सकिनेछ । राजनीतिक पहुँच बढ्नेछ । आर्थिक समस्या समाधान हुने सम्भावना छ । शत्रुहरूलाई परास्त गर्न सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)पठन पाठनमा प्रगति हुनेछ । सन्तानबाट प्रसन्नता मिल्नेछ । टाढाको यात्राको सम्भावना छ । विभिन्न अवसरले पछ्याउने छन् । मुद्दा मामिला वा कामका झमेलाबाट केही समयका लागि मुक्ति मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)घर खर्च बढ्नेछ र व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा अवरोध पुर्‍याउन सक्छ । घर जग्गा वा स्थायी सम्पत्ति बारे विवाद आउन सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ, विशेष गरी टाउको दुखाइ वा आँखाको समस्या बढ्ने सम्भावना छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)आर्थिक समस्या समाधान हुनेछ । तर, पारिवारिक सम्बन्ध कमजोर बन्न सक्छ र आफन्तबाट टाढिनु पर्ने स्थिति आउन सक्छ । खर्च बढ्नेछ र व्यापारमा मन्दी आउनेछ । यद्यपि, लामो समयदेखि रोकिएका काम सम्पन्न गर्न सकिने दिन हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)स्वास्थ्य सबल बन्नेछ । विभिन्न अवसरले पछ्याउने छन् । मुद्दा मामिला वा कामका झमेलाबाट मुक्ति मिल्नेछ । पराक्रम बढ्नेछ र धन लाभ पनि हुनेछ । आफ्नो समूहको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पन्न गर्ने अवसर जुट्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू