काठमाडौं । संघीय मन्त्रिपरिषद् बैठक आज (भदौ १३) बिहान १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार बैठकमा आगामी चीन भ्रमणलगायतका महत्वपूर्ण एजेण्डामाथि छलफल हुने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री ओली आजै दिउँसो १ बजे प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सो सम्बोधनमार्फत उहाँले चीन भ्रमणको उद्देश्य, सरकारको प्राथमिकता तथा हालैका राजनीतिक घटनाक्रमबारे जानकारी दिने तयारी रहेको बुझिएको छ ।
प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि १८ गतेसम्म चीनको औपचारिक भ्रमणमा जाने कार्यक्रम रहेको छ । उक्त भ्रमणलाई दुई देशबीचको सम्बन्ध सुदृढ पार्ने अवसरका रूपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्