काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का उपाध्यक्ष तथा विश्वविद्यालय कमाण्ड प्रमुख सन्दिप पुनले सामाजिक सञ्जालमार्फत वैचारिक धारणा सार्वजनिक गरेका छन् ।
पार्टी र संगठनभित्र देखा परेका पछिल्ला अन्तरविरोध र गतिविधिलाई इंगित गर्दै पुनले फेसबुकमा लेखेका छन्, “कम्युनिस्टहरूको सैद्धान्तिक निष्कर्षहरू अरू कुनै पनि जगतसुधारकले कल्पना गरेका वा पत्ता लगाएका विचार र सिद्धान्तमा कुनै पनि रूपमा आधारित छैनन्।”
उनको यो टिप्पणीले संगठनभित्रको वैचारिक दृढता, मार्गदर्शन र नेतृत्वप्रतिको आस्था प्रतिबिम्बित गर्ने मात्र नभई, पछिल्ला गतिविधिबारे चलिरहेको बहसलाई पनि थप धार दिन सक्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्