नेपाली बजारमा आइतबार (भदौ १५ गते) सुनको मूल्य ऐतिहासिक रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि भदौ १३ गते (शुक्रबार) प्रतितोला दुई लाख ६०० रुपैयाँमा कारोबार भई नयाँ रेकर्ड बनेको थियो । तर, आइतबारको कारोबारमा सुनको मूल्य तीन हजार रुपैयाँले बढेको महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ । शुक्रबार प्रतितोला दुई हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज ६५ रुपैयाँले बढेर दुई हजार ४२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्