चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान रेलमार्गमार्फत् राजधानी बेइजिङ पुगेका छन्। थियानजिनमा सम्पन्न कार्यक्रम सकेर ओली बेइजिङ प्रस्थान गरेका हुन्।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, ओलीले शाङ्घाई सहयोग संगठन (एससीओ) सम्मेलनलाई सम्बोधन गरेर राजधानी बेइजिङ पुगेका हुन्।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरूसँग उच्चस्तरीय भेटवार्ता गरिसकेका छन्।
यसअघि थियानजिनमा ओलीले सहभागी भएका कार्यक्रमलाई चीनले विशेष प्राथमिकताका साथ आयोजना गरेको थियो। अब बेइजिङमा ओलीको सरकारी भेटघाट र द्विपक्षीय छलफलका कार्यक्रमहरू तय भएका छन्।
प्रतिक्रिया दिनुहोस्