Ads

आईजीपी खापुङलाई दर्ज्यानी चिह्न


काठमाडौं – गृह मन्त्रालयमा बिहीबार एक औपचारिक कार्यक्रम आयोजना गरि गृहसचिव गोकर्णमणि दुवाडीले नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गलाई दर्ज्यानी चिन्ह प्रदान गरी सम्मान गर्नुभयो।

कार्यक्रमका क्रममा गृहसचिव दुवाडीले प्रहरी नेतृत्वमा खापुङ्गको योगदान र आगामी योजनाप्रति विश्वास व्यक्त गर्दै, प्रहरी सेवाको गुणस्तर, अनुशासन र जनसुरक्षामा अझ बढी समर्पित भएर कार्य गर्न आग्रह गर्नुभयो। नवनियुक्त महानिरीक्षक खापुङ्गले पनि आफ्नो भाषणमा प्रहरी संस्थाको दक्षता, जिम्मेवारी र सेवा प्रतिबद्धता सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रहरी वरिष्ठ अधिकारी तथा मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो।

Ads

सम्बन्धित पोष्टहरू