Ads

२०८२ भदौ ३१ गते मंगलबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ भने मित्रजनसँग भेटघाट हुने सम्भावना छ । व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम पूरा हुनेछ र प्रियसाथीसँग पनि भेटघाट हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)भौतिक साधनको क्षतिले अनावश्यक धन नाश हुन सक्छ । सवारी साधन चलाउँदा विशेष सतर्क रहनुहोला । खानपानमा सचेत रहनुपर्ने दिन हो । अनावश्यक झमेलामा पर्न सक्ने भएकाले यात्रामा सावधानी अपनाउनु राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)आज धन–जनमा वृद्धि हुनेछ र कसैबाट समर्थन पाइनेछ । ठूला व्यक्तिसँग पनि भेटघाट हुन सक्छ । काम रोकिने भएपनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । अन्न लाभ हुनेछ र अनौठो समाचार सुन्न पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)कामको सफलताले थप उत्साह जाग्नेछ । पुराना कामहरू आज सम्पन्न हुने सम्भावना छ । आयआर्जन हुने दिन हो । यात्राको योग रहेको छ । नउठ्ने पैसा उठेर मनमा हर्ष छाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज कुनै नयाँ काम सुरु नगर्नुहोला । टाढाको यात्राको सम्भावना छ । लेनदेन नगर्नु उचित हुनेछ । घरमा पाहुनाको आगमन हुनेछ । धनको लाभ हुने योग छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला । धनको नाश हुन सक्छ । प्रेममा पनि धोका हुने सम्भावना छ । साना साना काममै महत्वपूर्ण समय बित्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)काममा सोचेजस्तै सफलता मिल्नेछ । उन्नति गर्ने अवसर प्राप्त हुनेछ । मन हर्षित रहनेछ । आहार विहारमा विशेष सतर्क रहनु उपयुक्त हुन्छ । स्वास्थ्य कमजोर हुन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)कृषि क्षेत्रमा बढी परिश्रम र लगानी गर्नुपर्ने देखिन्छ । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । पढाइमा सफलता प्राप्त हुनेछ र धर्म प्रति रुचि बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)विपरीत लिङ्गीको सहयोग प्राप्त भई मन हर्षित हुनेछ । काम गर्ने जोश बढ्नेछ । पैसा कमाउने योग छ । पारिवारिक सुख प्राप्त हुनेछ भने व्यापारमा पनि फाइदा हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)शारीरिक प्रतिस्पर्धामा मन जानेछ तर सफलता प्राप्त नहुन सक्छ । समय व्यर्थै नष्ट हुने सम्भावना छ । मनमा उदासीनता बढ्नेछ । काममा अवरोध सिर्जना गर्नेहरू सक्रिय हुनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)मनमा द्विविधा रहनेछ । सामाजिक काममा नाम आउनेछ । जागिरमा सजग रहनु आवश्यक छ । स्वास्थ्यका दृष्टिले राम्रो समय छ । आर्थिक लाभ हुनेछ र मान सम्मान पाउने सम्भावना छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)प्रेम र मित्रताको बन्धन अझै कसिनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछ । यात्राको योग छ । काम बन्नाले मन रमाउनेछ । गुरुजनको सहयोग र बुद्धिको प्रयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।

Ads

सम्बन्धित पोष्टहरू