Ads

युनिटी कपका लागि नेपाली टोली घोषणा : रोहितको कप्तानीमा १६ सदस्यीय स्क्वाड


काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले वेस्ट इन्डिजविरुद्ध हुने युनिटी कप ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला का लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ। आगामी असोज दोस्रो सातादेखि संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट रंगशालामा हुने तीन खेलको टी–२० शृङ्खलामा रोहितकुमार पौडेल कप्तानीमा १६ सदस्यीय टोली उतारिने भएको हो।

घोषित टोली
घोषित टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेटकिपर आसिफ शेख, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आदिल आलम, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, आरिफ शेख, सन्दीप जोरा, ललितनारायण राजवंशी, गुलशन झा र साहब आलम परेका छन्।

पुनरागमन गर्ने खेलाडी

टोलीमा दुई खेलाडीको पुनरागमन विशेष चर्चा गरिएको छ। आदिल अन्सारी सन् २०२२ पछि पहिलोपटक राष्ट्रिय टोलीमा फर्किएका हुन् भने सन्दीप जोरा २०२४ को टी–२० विश्वकपपछि पुनः टोलीमा परेका हुन्।

खेल तालिका
नेपालले वेस्ट इन्डिजविरुद्ध तीन खेलको टी–२० शृङ्खलामा प्रतिस्पर्धा गर्नेछ। खेलहरू आगामी असोज ११, १३ र १४ गते युएईमा हुने तय भएको छ। क्रिकेटप्रेमीहरूको ध्यान आकर्षित गरेको यो शृङ्खला नेपालका लागि विश्वकपपछिको ठूलो परीक्षण मानिएको छ।

Ads

सम्बन्धित पोष्टहरू