मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)धन कमाउने योगका साथै फलिफाप हुने दिन छ । पशुधनबाट प्रशस्त फाइदा मिल्ने देखिन्छ । काम बन्नाले सुखको अनुभव हुनेछ । रमाइलो दिन छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)काम बन्नाले मनमा आनन्द छाउनेछ । नोकरीमा दिन सामान्य रहनेछ । अनेक किसिमका फाइदा प्राप्त हुनेछन् । अप्रत्याशित लाभको सम्भावना छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)काममा समस्या आउन सक्छ । विभिन्न झमेलामा फस्ने सम्भावना छ । अनावश्यक विवाद वा हानि हुन सक्छ, सावधानी अपनाउनुहोस् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आफ्ना विचारले धेरैलाई आकर्षित गर्ने समय छ । धन कमाउने योग बलियो छ । परोपकारतर्फ पनि मन जानेछ । धन आर्जनका दृष्टिले राम्रो दिन हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)अनौठो तरिकाले आम्दानी भई मन प्रसन्न हुनेछ । टाढाको यात्राको योग पनि छ । फलिफाप हुने दिन छ । राम्रो कमाइका कारण सुख पाइनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)टाढाको यात्रा गर्ने योजना भए केही दिनका लागि स्थगित गर्नु उचित हुन्छ । आज केहि सुख र केहि दुख दुबै अनुभूति हुनेछ । आकस्मिक कमाइको सम्भावना छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)गरेका कामबाट ठूलो उपलब्धि पाउन सकिँदैन । समय व्यर्थ खर्चिन सकिन्छ । अनावश्यक खर्च बढ्नेछ र नसोचेको ठाउँमा खर्च हुने देखिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला । अनावश्यक यात्राको सम्भावना छ । तर, सुखको अनुभव हुनेछ । आफन्तसँगको भेटघाटले आनन्द दिलाउनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)श्रद्धा र परोपकारतर्फ मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुन सक्छ । खर्चभन्दा कमाइ बढी हुने योग छ । शिक्षामा राम्रो प्रगति हुनेछ । आर्थिक लाभ हुने देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)दुःखमा साथ दिनेहरू भेटिनेछन् । पैसा कमाउने अवसर मिल्नेछ । विपरीत लिङ्गको प्रोत्साहनले मन रमाउनेछ । मनोरञ्जनात्मक कार्यमार्फत पनि काम बन्न सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)बिहान काम सजिलै बन्नेछ तर बेलुकी तनाव बढ्न सक्छ । साथीभाइसँग असमझदारी बढ्ने सम्भावना छ । मुद्दा मामिलामा पर्न सकिन्छ । दिन प्रतिकूल भएकाले वादविवाद वा बाधाको सामना गर्नुपर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)पेशागत क्षेत्रमा समस्या देखिन सक्छ । सुख दुःख दुवै परिस्थिति आउनेछन् । नोकरीमा झमेलाको सामना गर्नुपर्नेछ । जागिर सम्बन्धी काममा डर वा अनिश्चितता रहने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्