Ads

सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा उपसभापति खड्काको निरीक्षण


नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का आज सानेपास्थित पार्टी कार्यालय निरीक्षणका लागि पुगेका छन् ।

जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि कार्यालयमा भएको क्षतिको अवस्थाबारे प्रत्यक्ष अवलोकन गर्न उनी अन्य नेताहरूसहित सानेपा पुगेका हुन् ।

खड्कासँगै मीन विश्वकर्मा, रामहरि खतिवडालगायत नेताहरू पनि निरीक्षणमा सहभागी भएका थिए । २४ भदौमा भएको आन्दोलनकै क्रममा प्रदर्शनकारीहरूले पार्टी कार्यालयमा तोडफोड र आगजनी गर्दा करिब १२ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

यसअघि कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पनि क्षतिग्रस्त कार्यालयको निरीक्षण गरेका थिए । पार्टी सभापति शेरबहादुर देउवा भने सोही आक्रमणमा घाइते भई हाल सेनाको सुरक्षा व्यवस्थामा उपचाररत रहेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू