Ads

२०८२ असोज ५ गते आइतबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । विशेष सभा समारोहमा भाग लिने अवसर प्राप्त हुनेछ । मान सम्मान पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि बढ्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)पढाइ लेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिन सक्नेछ । पढाइमा सुधार आउने दिन छ । सामान्य तथा उद्योग व्यवसायमा लाभ प्राप्त हुनेछ । व्यापारमा लगानी बढाउन सकिनेछ । विभिन्न अवसरले पछ्याउने छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आत्मीयजनसँग भेटघाट हुनेछ । सरसफाइ तथा बगैँचा सम्बन्धी काममा आकर्षण बढ्नेछ । स्वादिष्ट भोजनको आनन्द पाइनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । घरमा सुख समृद्धि बढ्नेछ । बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)केही अवसर फुत्कने सम्भावना देखिएकाले सचेत रहनुहोला । कृषि तथा पशुपालनमा खासै लाभ नहुँदा पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ । आर्थिक अभावले अलि सताउन सक्छ । व्यवसायमा उतार चढाव आउन सक्छ । प्रेम र मित्रताको बन्धन कसिन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)मनन, ध्यान वा रचनात्मक कार्यमा रुचि बढ्नेछ । घरमै बसेर विभिन्न काम सम्पादन गर्न सकिनेछ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बन्नेछन् । धैर्य गरेर अघि बढ्ने समय छ । बौद्धिक प्रभाव बढ्नेछ । विभिन्न अवसर पाइनेछन् । कुटुम्बको सहयोग प्राप्त हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)कृषि तथा पशुपालनबाट लाभ हुने समय छ । प्राकृतिक वातावरणमा रमाउने दिन हो । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । रोकिएका काम सुरु हुनेछन् । दाम, इनाम र प्रतिष्ठा कमाउने अवसर मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । टाढाको यात्रा गर्ने सम्भावना छ । धनजन आर्जन हुनेछ । आम्दानीका विभिन्न माध्यम फेला पर्न सक्छन् । पठन पाठनमा प्रगति हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सहयोगीहरूले साथ नदिँदा केही समस्या थपिन सक्छ । तत्काल धन खर्च गर्नुपर्ने अवस्था आउन सक्छ । छर छिमेकमा असमझदारी बढेपनि समाधान हुने देखिन्छ । धेरै परिश्रम गरेर थोरै लाभ प्राप्त हुने योग छ । घर खर्च बढ्नेछ । तपाईंको विचारलाई धेरैले मन पराउनेछन् । नाता गाँस्नेहरूले केही दुःख दिन सक्छन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समझदारी बढ्नेछ । कृषि तथा पशुपालनमा खर्च बढ्न सक्छ । आयआर्जन बढ्नेछ । उठ्नुपर्ने रकम हात लागि हुनेछ । पेट सम्बन्धी समस्या आउन सक्ने भएकाले सचेत रहनुहोला । रोकिएका काममा दोहोर्याएर प्रयास गर्दा सफलता मिल्नेछ । धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमान दिलाउन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)दीर्घकालीन फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । नयाँ सीप तथा ज्ञान प्राप्त गर्ने अवसर मिल्नेछ । पढाइमा प्रगति हुनेछ । धर्म कर्म र समाजसेवामा लगाव बढ्नेछ । कृषि तथा पशुपालनबाट फाइदा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)अवसरले पछ्याउने छन् । बोलीको प्रभाव बढ्नेछ । धन लाभ हुनेछ । वैदेशिक क्षेत्रमा लाभ उठाउने मौका मिल्नेछ । चिताएको काम बन्नेछ । आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)पुराना समस्याले केही झमेला ल्याउन सक्छन् । दाम्पत्य सम्बन्धमा तनाव आउन सक्छ । खर्च बढेपनि दीगो फाइदा हुने क्षेत्रमा लगानी गर्ने अवसर जुट्नेछ । विद्यार्थीको पढाइमा गिरावट आउने सम्भावना छ ।

Ads

सम्बन्धित पोष्टहरू