Ads

कारागार फर्किए पूर्वमन्त्री टोपबहादुर रायमाझी


जेनजी आन्दोलनको चर्को अवस्थामा भदौ २४ गते सुन्धारा कारागारबाट भागेका पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी पुनः कारागार फर्किएका छन्।

कारागार प्रमुख कृष्णप्रसाद चापागाईंका अनुसार उनी सोमबार साँझ आफैं उपस्थित भएर थुनामा फर्किएका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझी स्वेच्छाले फर्किए पनि सोही मुद्दामा संलग्न पूर्वगृहसचिव टेकनारायण पाण्डे भने अझैसम्म कारागार नआएको प्रमुख चापागाईंले जानकारी दिए। उनका अनुसार केही फरार व्यक्तिहरूलाई प्रहरीले खोजी गरिरहेको छ भने कतिपयले आफैं फर्कने संकेत गरेका छन्।

यसैबीच, चर्चित सुन काण्ड र सनम हत्याकाण्डका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ पनि बुधबार सुन्धारा कारागार फर्किएको पुष्टि कारागार प्रशासनले गरेको छ।

Ads

सम्बन्धित पोष्टहरू