सरकारले तीन जना सचिवहरूको सरुवा गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गृह, रक्षा र राष्ट्रिय योजना आयोगमा कार्यरत सचिवहरूको जिम्मेवारी फेरबदल गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गृहसचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा पठाइएको छ। जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले दुवाडीको घरमा आगजनी गरेका थिए।
त्यसैगरी, रक्षा सचिव रामेश्वर दंगाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ।
प्रतिक्रिया दिनुहोस्