मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मित्रजनबाट सहयोगका साथै सुख प्राप्त हुनेछ । नोकरीमा प्रशंसनीय कार्य हुनेछ । आज नसोचेको ठाँउबाट धन आर्जन हुने सम्भावना छ । साथीभाइले हरक्षण साथ दिनेछन् भने माता पिताको आशीर्वाद पनि प्राप्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)सवारी साधन चलाउँदा सचेत रहनुहोस् । घरमा पाहुना वा अतिथिको आगमन हुन सक्छ । धेरै समय सानातिना घरेलु काममै व्यस्त रहनुपर्ला । चिताएको काममा बाधा आउँदा मन खिन्न हुनेछ । कहीं कसैसँग झगडा पनि हुन सक्छ । कामको बोझले थकाइ महसुस होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)सन्तानबाट सुख सन्तोष प्राप्त हुनेछ । यात्राको योग छ, धार्मिक स्थल वा देवालय भ्रमण हुन सक्छ । प्रक्रिया नमिल्दा काम दोहोर्याउनु पर्ने अवस्था आउन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले पुरानो सम्झौता भंग हुन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)नयाँ ठाउँमा धन लगानी गर्ने अवसर मिल्नेछ । तर, स्वास्थ्यमा समस्या आउन सक्छ । नसोचेका चुनौतीहरू देखा पर्न सक्छन् । लेनदेन सम्बन्धी विवादले अप्ठ्यारो पर्न सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयास गर्नुहोस् । सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)सुखद समाचार सुन्न पाइनेछ । समाज सेवाका कार्यबाट लाभ प्राप्त हुनेछ भने अन्य विविध फाइदा पनि मिल्नेछ । विभिन्न उपहार प्राप्त गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अनुकूल समय छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)शरीरमा आलस्य बढ्नेछ, काम गर्न जाँगर लाग्दैन । प्रतिफल नपाइने क्षेत्रमा लगानी हुन सक्छ । स्वास्थ्य अनुकूल नरहँदा पढाइ लेखाइमा समय दिन गाह्रो पर्न सक्छ । सवारी साधन चलाउँदा सचेत रहनुहोस् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)विद्या र बौद्धिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । आकस्मिक धन लाभको योग छ । अन्नको प्राप्ति हुनेछ । खर्च भएपनि दान पुण्य र भेटघाटमा खर्च हुनाले मन सन्तोषी हुनेछ । मानसिक सन्तुष्टि प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिनेछ । आर्थिक पक्ष सबल बन्नेछ । उद्योग वा कलकारखानामा लगानी गर्दा फाइदा हुनेछ । तर, नसोचेका काममा पैसा खर्च हुन सक्ने सम्भावना छ, सचेत रहनुहोस् । गरेका कामबाट राम्रै लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)जग्गा जमिन सम्बन्धी कारोबार गर्दा फाइदा हुनेछ । सामाजिक क्षेत्रमा तथा नोकरीमा मान सम्मान प्राप्त हुनेछ । पढाइ लेखाइमा राम्रो प्रगति हुनेछ । सोचेका काम सजिलै पूरा हुनेछन् । टाढाको यात्राको सम्भावना पनि छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)लेखन, प्रकाशन तथा ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्नेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहनेछ । रोकिएका वा अधुरा काम पूरा हुनेछन् । समस्याको समाधान हुनेछ । तर, गरेका काम सहजै नबन्ने तथा बने पनि मेहनत अनुसारको फल नपाइने योग छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)लाभदायक समाचार सुन्न पाइनेछ । साथीभाइसित अचानक भेटघाट हुनेछ । आकस्मिक लाभ प्राप्त हुने समय छ । तर, खर्च अत्यधिक बढ्नेछ । सोचे अनुसार काम नबन्ने र दिएको पैसा पनि फिर्ता नआउने सम्भावना छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)सवारी साधन प्रयोगबाट सुविधा प्राप्त हुनेछ । लामो समयदेखि रोकिएका काम बन्नेछन् । धनको प्राप्ति हुनेछ । मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ । साथीभाइसँग रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ ।
प्रतिक्रिया दिनुहोस्