Ads

राष्ट्रपति पौडेलसँग भेटवार्ताका लागि शीतल निवास जाँदै प्रधानमन्त्री कार्की


राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीबीच आज (बुधबार) भेटवार्ता हुने भएको छ।

शीतल निवास स्रोतका अनुसार प्रधानमन्त्री कार्की दिउँसो १२ बजे राष्ट्रपति कार्यालय पुग्ने कार्यक्रम तय भएको छ। भेटवार्तामा आगामी प्रतिनिधि सभा निर्वाचनलगायत महत्वपूर्ण राजनीतिक एजेन्डामा छलफल हुने अपेक्षा गरिएको छ।

जेनजी आन्दोलनपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेसँगै गत भदौ २७ गते राति राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। त्यही क्रममा, कार्कीको सिफारिसमा तत्कालीन प्रतिनिधि सभा विघटन गरिएको थियो, जसले संवैधानिक बहसलाई समेत जन्म दिएको छ।

अन्तरिम सरकारलाई आगामी ६ महिनाभित्र अर्थात् फागुन २१ गतेभित्र प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक दायित्व छ। हालसम्म गैरदलीय ८ जना मन्त्रीसमेत नियुक्त भइसकेका छन्।

आज हुने राष्ट्रपति–प्रधानमन्त्री भेटमा निर्वाचन तयारी, संवैधानिक प्रक्रियाबारे उठेका प्रश्न र राजनीतिक संक्रमण व्यवस्थापनका विषयमा केन्द्रित छलफल हुने अनुमान गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू