Ads

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता, चुनावबारे छलफल


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबीच समसामयिक राजनीतिक अवस्था, आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा व्यवस्थाबारे भेटवार्ता भएको छ ।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन निष्पक्ष, भयरहित र सफल बनाउन आवश्यक तयारीबारे विस्तृत छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

भेटवार्तामा निर्वाचनका दिन शान्ति–सुरक्षा कायम गर्ने रणनीति, निर्वाचन आयोगसँगको समन्वय, मतदाताको उत्साहवर्धन तथा संवेदनशील क्षेत्रमा विशेष सतर्कता अपनाउने विषयमा पनि कुराकानी भएको स्रोतले जानकारी दिएको छ ।

सचिवालयका अनुसार राष्ट्रपति पौडेलले निर्वाचन लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने ऐतिहासिक अवसर भएको भन्दै सरकार र सरोकारवाला निकायलाई आ–आफ्नो भूमिकाप्रति गम्भीर रहन सुझाव दिएका छन् । प्रधानमन्त्री कार्कीले भने सरकार निर्वाचनलाई प्राथमिकतामा राखेर आवश्यक सबै तयारीमा जुटिरहेको बताएकी छिन् ।

Ads

सम्बन्धित पोष्टहरू