नेकपा (माओवादी केन्द्र) ले मंसिर अन्त्यतिर विशेष वा एकता महाधिवेशन गर्ने तयारी गरेको छ।
बुधबार पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले भोलि बस्ने केन्द्रीय समिति बैठकका लागि विशेष महाधिवेशनसमेत समेटिएका १० वटा एजेन्डा तय गरेको छ।
स्थायी समिति सदस्य शशि श्रेष्ठका अनुसार महाधिवेशन गर्ने प्रस्ताव आएपनि यसको ठोस मिति भने अझै तोकिएको छैन। उनले भनिन्, “केन्द्रीय समिति विघटन गर्ने र विशेष वा एकता महाधिवेशन गर्ने प्रस्ताव आएको छ, तर मिति भने केन्द्रीय समितिले नै तय गर्नेछ।”
यसअघि असोज ५ गते बसेको पदाधिकारी बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशनमा जाने प्रस्ताव गरेका थिए।
प्रतिक्रिया दिनुहोस्