मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)रमाइलो तरिकाले कामहरू गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । व्यापार व्यवसायमा नाफा हुने योग छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)कामको बोझले थकाइ महसुस हुनेछ । घर गृहस्थीमा समस्या आउनुका साथै छिमेकीसँग झैझगडा पर्न सक्छ । साथीभाइ वा कुटुम्ब नातेदारको सल्लाह र सहयोगको खाँचो पर्नेछ । केही कारणले धन हानी हुन सक्छ । वादविवादको सामना गर्नु पर्ने सम्भावना छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)मनमा दुबिधा रहने दिन छ । सामाजिक काममा नाम कमाउने अवसर मिल्नेछ भने जागिरमा भने होसियार रहनुहोला । स्वास्थ्यका दृष्टिले राम्रो समय छ । आर्थिक लाभ हुनेछ तर कसैसँग सानो मनमुटाव हुन सक्छ । मान सम्मान पाइए पनि मनमा डर रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)काम बन्नाले मन रमाउनेछ । गुरुजनको सहयोग र बुद्धिको प्रयोगले लक्ष्य नजिकिन सकिनेछ । गुरुजन तथा सन्तानबाट सन्तोष प्राप्त हुनेछ । बन्द व्यवसायबाट लाभ हुने सम्भावना छ भने कृषिमा पनि फाइदा हुनेछ । प्रेम प्रसंग सुखद रहनेछ । विगतका कर्मको उचित प्रतिफल पाइनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ र आफन्तहरूले प्रशंसा गर्नेछन् । जाँगर बढ्नेछ । फसेको पैसा उठ्न सक्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)खर्च गर्दा होस पुर्याउनुहोला । स्वास्थ्यका लागि खानपानमा सजग रहनु आवश्यक छ । अनावश्यक ठाउँमा खर्च बढ्न सक्छ । व्यवसायिक क्षेत्रमा सफलता मिल्नेछ, तर आम्दानीमा कमी आउने सम्भावना छ । स्वास्थ्यमा समस्या आउँदा केही आर्थिक हानी हुन सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)घरमा पाहुना आगमनको योग छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । अन्नको लाभ हुने दिन छ । धनजनमा वृद्धि भई कसैबाट समर्थन पाइनेछ । तर, पढाइमा भने मन नजाने अवस्था रहन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)अचानक उपहार प्राप्त हुने योग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आर्थिक पक्ष सबल र फलदायी रहनेछ । नसोचेको ठाउँबाट पैसा आउन सक्छ । पर्याप्त धन लाभ हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)कमाइ राम्रै हुने दिन छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुन सक्छ । टाढाको यात्राको योग छ । पढाइमा सफलता यथावत रहनेछ । बुद्धिको प्रशंसा गर्ने ठूला व्यक्ति भेटिन सक्छन् । आम्दानी र खर्च लगभग बराबर रहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)स्वास्थ्य कमजोर बन्न सक्छ । अरूको भर पर्नाले काममा धोका हुन सक्छ । रूपैयाँ पैसा फस्ने सम्भावना छ । तर बौद्धिक कार्यबाट धनलाभ हुनेछ । पेटसम्बन्धी समस्या आउन सक्ने भएकाले होस पुर्याउनुहोस् । कमाइ कम र खर्च बढी हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)आमाबाट प्राप्त धनको प्रयोगबाट लाभ उठाउन सकिनेछ । तर, अन्य बन्न लागेका काम बिग्रन सक्ने भएकाले सावधान रहनुहोला । टाढाका साथीहरूसँगको भेटघाटले मन प्रफुल्ल हुनेछ । तर, सोचेको काम समयमा पूरा नहुन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)आर्थिक पक्ष सन्तोषजनक रहनेछ । रोकिएका काम बन्नेछन् र नयाँ काम सुरु गर्ने राम्रो समय छ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक कार्यमा सक्रिय हुनुपर्नेछ । यसबाट शुभ समाचार र सकारात्मक सङ्केत प्राप्त हुनेछ । आर्थिक पक्षमा सुधार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्