Ads

प्रधानमन्त्रीले आज देशवासीलाई सम्बोधन गर्ने


काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज (बिहीबार) देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएकी छन्।

साँझ ६ बजे प्रधानमन्त्री कार्यालयबाट प्रसारण हुने उक्त सम्बोधनमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारको प्राथमिकता र आगामी कदमबारे धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

यसअघि प्रधानमन्त्री कार्कीले दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएकी छन्। सो बैठकमा सरकारले हालैका घटनाक्रम, नीति–निर्णय र आगामी कार्ययोजना सम्बन्धी विषयमा छलफल गर्ने एजेन्डा रहने स्रोतले जनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू