मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)स्वास्थ्यमा समस्या आउन सक्छ । साथै उपचारका लागि खर्च हुनेछ । गरेका कार्यहरू हतारमा पूरा नहुने, पूरा भएपनि मेहनत अनुसारको परिणाम नपाइने योग छ । काममा बाधा आउनुका साथै आर्थिक हानी हुन सक्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)जाँगरमा सुधार आउनेछ । आफन्तको सहयोगले रोकिएका काम बन्नेछन् । प्रयास अनुसार कार्य सफलता पाउनेछ । समस्या समाधान हुनेछ । अन्न र धनको लाभ हुनेछ । आर्थिक पक्ष बलियो बन्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुनेछ । यात्राको योग छ । समस्याहरू आफैं समाधान हुनेछन् । धैर्य बढाउन सके राम्रो समय हुनेछ । परिश्रम व्यर्थ नजानेछ । अर्थ लाभ र प्रगतिको सम्भावना प्रशस्त छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी र परिवारबाट सुख शान्ति प्राप्त हुनेछ । यात्राको लागि अनुकूल समय छ । कृषि कर्म तथा व्यवसायिक क्षेत्रमा केही चुनौती आउन सक्छ । अनौठो तर लाभदायक यात्राको सम्भावना छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)सोचे अनुसार काम नहुनेछ । दिएको पैसा पनि फिर्ता नपाइने सम्भावना छ । परिवारबाट अपेक्षित सहयोग नपाउँदा व्यवहारिक कठिनाइ हुनेछ । खर्च बढ्नेछ जसका कारण मन अशान्त रहनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)आज समय अलमल गराउने खालको हुनेछ । काममा ध्यान कम जान सक्छ । तर, आटे गरेका काम पूरा हुनेछन् । समस्याको समाधान हुनेछ । परिवारबाट सुख मिल्नेछ । प्रेम सम्बन्धमा केही सुधार आएपनि मानसिक तनाब रहन सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)पारिवारिक सुख प्राप्त हुनेछ । आत्मबल बढ्नेछ । व्यापारमा सोचे अनुसारको फाइदा हुनेछ । अर्थ लाभ हुनेछ । व्यापार व्यवसायमा लाभदायक समय छ । शत्रु र रोग पन्छाउन अनुकूल समय छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)पशु चौपाया प्राप्त हुने वा नयाँ सामान खरिद गर्ने योग छ । आकस्मिक रूपमा सफलता वा असफलता मिल्ने समय छ । पैसाको कारोबार हुनेछ । गरेका काम सफल हुनेछन् । अधुरा काम पनि पूरा हुनेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)अनावश्यक डर र वादविवाद हुन सक्छ, समय राम्रो छैन । गरेका काम अधुरा रहनेछन् । स्वास्थ्यले पनि साथ नदिन सक्छ । कसैसँग सामान्य विवाद वा झै–झगडाको सम्भावना छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)घर परिवारमा खटपट हुन सक्छ । व्यवहारिक समस्याले सताउनेछ । काम अधुरै रहँदा मन खिन्न हुनेछ । परिवारबाट पर्याप्त सहयोग नपाइने सम्भावना छ । केही व्यक्तिबाट सम्मान पाउने तर केहीले अनावश्यक भय देखाउने खालको मिश्रित समय हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)घरायसी वातावरणमा सुमधुर सम्बन्ध रहनेछ । दिन रमाइलोसँग बित्नेछ । रोकिएका काम पूरा हुनेछन् । व्यवहारिक समस्या समाधान हुनेछन् । नयाँ काम थाल्ने अनुकूल समय छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)कृषिजन्य व्यवसाय वा व्यापारबाट राम्रो फाइदा हुनेछ । दान पुण्यतर्फ आकर्षण बढ्नेछ । सामाजिक कार्यमा संलग्न हुनुपर्ने समय छ । अनपेक्षित ठाउँबाट आर्थिक लाभ हुने योग छ ।
प्रतिक्रिया दिनुहोस्