Ads

२०८२ असोज १७ गते शुक्रबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सानातिना काम र घरेलु समस्यामा समय खर्च भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउनेछ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा तत्परता देखाउनेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)यात्रामा अपेक्षित रमाइलोपन नहुन सक्छ । खानपानमा नियन्त्रण गर्नुहोला । आर्थिक पक्ष सबल रहनेछ । हराएको वा छाडिएको फलफूल वा काम पुनः प्राप्त हुने सम्भावना छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । यद्यपि, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)दिन मनोरञ्जनपूर्ण रहनेछ । तर, कामधन्दा र व्यवसायको चापका कारण प्रेम सम्बन्ध वा दाम्पत्य जीवनमा सामान्य चिसोपन आउन सक्छ । स्वास्थ्यमा अलि कमजोरी अनुभूत हुनेछ । केही चुनौतीको सामना गर्नुपर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)नचिताएको स्थानबाट धनागमनको योग छ । शरीर फूर्तिलो हुनेछ । परिणाममुखी काममा लगानी गर्ने समय हो । सोख पूर्तिका लागि खर्च बढ्न सक्छ । दाम्पत्य सम्बन्धमा रमाइलो समय बित्नेछ । प्रेम सम्बन्ध प्रगाढ हुने सम्भावना छ । दिन मनोरञ्जनपूर्ण रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीहरू परास्त हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका पाइनेछ । आम्दानीमा वृद्धि हुनेछ । नयाँ सवारी साधन प्राप्त हुने सम्भावना छ । आतिथ्यपूर्ण सम्मान पाउने योग छ । प्रियजनसँगको भेटले मन प्रफुल्ल हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)चुनौती हुँदा हुँदै पनि नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिनुपर्ने समय हो । जीवन साथी, सन्तति वा विपरीत लिङ्गी साथीहरूसँग आत्मीय सम्बन्ध बन्न सक्छ । रोकिएका काम बन्ने हुँदा उत्साह बढ्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)सहयोगीहरूले साथ दिनेछन् र काममा सफलता मिल्नेछ । कृषि कर्म र व्यवसायिक काममा केही चुनौती आउन सक्छ । ईर्ष्यालु व्यक्तिहरूले अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)सवारी साधन चलाउँदा सचेत रहनुहोस्, यसले चोट पटकबाट जोगाउनेछ । बौद्धिक क्षेत्रमा लामो यात्राको सम्भावना छ । माता पिता वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना देखिन्छ । पठन पाठनमा प्रगति हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । शत्रुहरूको चलखेल बढेपनि तिनले हानि पुर्याउन सक्दैनन् । पुरानो सम्झौताले अलि अप्ठ्यारो पार्न सक्छ । अरूको व्यवहारले शंका पैदा भएपनि मान्यजनको सल्लाह मान्दा फाइदा हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)बन्द व्यापार वा थन्किएका कामबाट फाइदा हुनेछ । आर्थिक पक्ष सबल रहनेछ । तर, समय बलियो छैन । गहना, कपडा वा धातुको वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नुहोला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ, जसले लक्ष्य प्राप्तिमा ढिलाइ गर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)चुनौती र अप्ठ्यारा हटाउन गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ, जसबाट दीर्घकालीन फाइदा हुनेछ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । पुरानो ढर्राले काम बिग्रन सक्छ । हतारमा बचन दिने बानीले दुःख दिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)परिवारमा पाहुनाको चाप बढ्न सक्छ, जसका कारण महत्वपूर्ण समय नष्ट हुने सम्भावना छ । समयको गतिलाई पछ्याउँदै अघि बढ्न प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको सदुपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । लगनशीलताले राम्रा उपलब्धि दिलाउनेछ ।

 

Ads

सम्बन्धित पोष्टहरू