Ads

२०८२ असोज २० गते सोमबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कम्युनिकेसन, विज्ञापन वा मार्केटिङसँग सम्बन्धित कामबाट राम्रो सफलता मिल्नेछ । अरूको नकारात्मक टिप्पणीमा ध्यान नदिई आफ्नो काममा मात्र फोकस गर्नुहोस् । आफन्त वा छरछिमेकको काममा सहयोग गर्नुपर्ने समय छ, घरव्यवहारका कारण व्यस्तता पनि बढ्नेछ । आज बहुप्रतीक्षित इच्छाहरू पूरा हुने संकेत छन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)बढ्दो खर्च र ऋणभारले मानसिक दबाब सिर्जना गर्न सक्छ । सकेसम्म आफैंलाई रिफ्रेस गर्न र बाधाबाट बाहिर निकाल्ने प्रयास गर्नुहोस् । अल्छी नगरी विपरीत परिस्थितिलाई जित्ने साहस राख्नुपर्छ । पुराना समस्या बल्झिन वा कुनै गोप्य कुरा बाहिरिन सक्ने सम्भावना छ, त्यसैले संयम र सावधानी अपनाउनुहोस् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)दाम्पत्य जीवनमा किचलो वा विवादको योग बनेको छ । लामो समयदेखि संवाद नभएको छ भने समय निकालेर कुरा गर्नुहोस् । कार्य क्षेत्रमा सामान्य नतिजा प्राप्त हुनेछ, तर पारिवारिक कारण वा यात्राका कारण काममा व्यवधान आउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)प्रतिभा प्रदर्शन गर्ने अवसर मिल्नेछ, तर विवादको योग पनि देखिन्छ- त्यसैले कम बोल्नु राम्रो हुन्छ । साझेदारी व्यवसायमा लाभ हुने सम्भावना छ, तर भविष्य र अधिकार सम्बन्धी चिन्ताले सताउन सक्छ । पुराना सहयोगीहरू प्रतिस्पर्धी बन्न सक्छन्, तापनि तपाईंले चुनौती पार गर्न सक्नुहुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)इच्छा पूरा हुने दिन हो । प्रेम सम्बन्धमा भेटघाट र गफ गाफका रमाइला पल बित्नेछन् । परिवार र गाउँठाउँको सम्झनामा समय बित्नेछ । कुनै पनि काममा जोखिम लिनु उचित छैन । छोराछोरीको सहयोगले दैनिक कार्यमा सहजता आउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)साना कुरामा विवाद र झैझगडा हुने संकेत छन् । त्यसैले धैर्यका साथ तनाव व्यवस्थापन गर्नुहोस् । होटल, रेस्टुरेन्ट वा पेयपदार्थ व्यवसायमा नयाँ सोच ल्याउने समय हो । मेहनत अनुसार आम्दानी हुनेछ । पारिवारिक कारणले केही कुरा लुकाएर गर्नुपर्ने परिस्थिति आउन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)सामाजिक वा सार्वजनिक हितका कार्यमा सक्रियता बढ्नेछ । करियर परिवर्तन वा उच्च अध्ययनको योजना प्राथमिकतामा आउन सक्छ । जीवनका विभिन्न पक्षमा सन्तुलन राख्न प्रयास गर्नुहोस् । सहकर्मी वा मित्रको सहयोगले महत्त्वपूर्ण काम सम्पन्न हुनेछ । पुराना आकांक्षाहरू पूरा हुने दिन हो ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)खातापाता र सापटी मिलाउने दिन हो । अड्किएको धन फिर्ता पाउन सकिने सम्भावना छ । जीवन साथी र परिवारबाट सहयोग र सद्भाव प्राप्त हुनेछ । आर्थिक समस्या हल हुने संकेत छन् । विद्वान् वा गुरुजनको मार्गदर्शन पाउने समय हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)अहंकार र एटिच्युडले सम्बन्ध बिगार्न सक्छ । जीवन साथीसँग इमानदार संवाद राख्नुहोस् । आफूलाई कमजोर नठान्नुहोस्, मेहनतले असम्भव पनि सम्भव बनाउँछ । उत्साह र स्फूर्तिले भरिएको दिन हो । सबैले तपाईंको कार्यशैलीको प्रशंसा गर्नेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)कडा निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ, तर विवेक प्रयोग गरे व्यक्तिगत प्रतिष्ठा जोगाउन सकिनेछ । छलछाम नगर्नुहोस् । प्रेम सम्बन्धमा विश्वास कायम गर्न गोप्य कुरा साझेदारी गर्नु जरुरी छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)सिनियर्सलाई रिझाउन कठिन भए पनि सहकर्मीको साथले महत्त्वपूर्ण काम पूरा हुनेछ । विलासिता र सोखमा खर्च बढ्नेछ। भावनात्मक रूपले संवेदनशील बन्न सक्नुहुन्छ । पार्टनरलाई उपहार दिँदा सम्बन्धमा आत्मीयता बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)धपेडी र बाधा बीच पनि निरन्तर प्रयास गरे सफलता प्राप्त हुनेछ । क्यारियर वा पेसासँग सम्बन्धित नयाँ सोच जन्मिन सक्छ । लगनशीलता र मेहनतले समस्या समाधान हुनेछ । व्यक्तिगत प्रतिष्ठा र प्रभाव बढ्ने राम्रो समय हो ।

Ads

सम्बन्धित पोष्टहरू