आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच अन्तिम खेल हुँदैछ। नेपाली समय अनुसार बिहान ११ः१५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेलमा नेपाल सात्वना जितको खोजीमा रहनेछ।
अमेरिका, नेपाल र यूएई सहभागी त्रिकोणात्मक सिरिजमा यो अन्तिम मुकाबला हो। यसअघि दुवै टोलीले तीन–तीन खेल खेलेका छन्। नेपालले सबै खेलमा हार व्यहोरेको छ भने यूएईले एक खेलमा जित दर्ता गरेको छ। त्यसैले आजको खेल दुबै टोलीका लागि प्रतिष्ठा जोगाउने अवसर बनेको छ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा टोली मैदान उत्रिँदैछ। टोलीमा दीपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, मोहम्मद आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुलशन झा, कुशल मल्ल, मोहम्मद आसिफ शेख, अनिलकुमार साह, भीम सार्की, साहब आलम र ललित नारायण राजवंशी रहेका छन्।
नेपालले अघिल्ला खेलमा बलिङ र ब्याटिङ दुवै क्षेत्रमा निरन्तर सुधारको आवश्यकता देखिएकोले आजको खेलमा संयमित प्रदर्शन र सामूहिक खेलकुदद्वारा सकारात्मक नतिजा निकाल्ने लक्ष्य राखेको छ।
प्रतिक्रिया दिनुहोस्