Ads

वीरेन्द्रको निर्देशनमा गीतकार सुवेदीको ‘नआइदे याद’ सार्वजनिक


काठमाडौं, । गीतकार प्रकाश सुवेदीको नयाँ गीत ‘नआइदे याद’ हालै सृजना र सेरोफेरो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। राजकुमार बगरको संगीत, साहस शाक्यको संगीत संयोजन र गायिका अन्नु चौधरीको  स्वरमा तयार भएको यस गीतले बिछोड र आत्मस्वीकृतिको गहिरो भाव प्रस्तुत गरेको छ। म्युजिक भिडियोको निर्देशन तथा सम्पादन वीरेन्द्र भाट ‘विपिन’ ले गरेका छन्।

उनले गीतको भावनात्मक गहिराइलाई दृश्यात्मक कथामा रूपान्तरण गर्दै मन छुने प्रस्तुति दिएका छन्। भिडियो छायांकन अजय रेग्मीले गरेका हुन्। गीतमा सुधिर श्रेष्ठ, समिया कार्की, र दीपेन्द्रराज गिरी मुख्य भूमिकामा देखिएका छन्।

यसरी नै सहअभिनयमा देवी पराजुली, टिकाराम पाण्डे, सरीता मगर, जयराम क्षेत्री, र जेनिशा धनुकेलगायत कलाकारको सहभागिता छ। भिडियोमा समावेश अंग्रेजी सबटाइटल साहित्यकार तथा समालोचक महेश पौड्यालले तयार पारेका हुन्, जसले गीतलाई अन्तर्राष्ट्रिय दर्शक श्रोतासम्म पु-याउने उद्देश्य राखिएको बताइएको छ।

अक्सर आशा, मानवीय संवेदना र चेतनाका स्वर बुन्ने सुवेदीले यस पटक भने बिछोडको आत्मस्वीकृतिमा केन्द्रित गीत लेखेका छन्। उनले भने, “यो गीत केवल प्रेमको कथन होइन, बिर्सन खोज्दा पनि बिर्सिन नसकिने मनोभावको अभिव्यक्ति हो।”

 

 

 

 

 

 

 

 

Ads

सम्बन्धित पोष्टहरू