Ads

कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति


उर्जामन्त्री कुलमान घिसिङको नयाँ राजनीतिक पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने सहमति भएको छ। तत्कालका लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी पार्टी निर्वाचन आयोगमा दर्ता हुने तयारीमा छ। नयाँ पार्टीको चुनाव चिन्ह भने बिजुलीको चिम नै रहने तय भएको छ।

यसअघि नेपाल जनसेवा पार्टी राख्ने प्रस्ताव भए पनि आइतबार राति बसेको बैठकले उज्यालो नेपाल नै पार्टीको नाम लिएर आयोगमा दर्ता गर्ने निर्णय गरेको हो। तत्कालका लागि कुनै पदाधिकारी नरहने र पहिलो चरणमा उपाध्यायको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय समिति गठन हुने बताइएको छ।

कुलमान घिसिङ निकट एक नेताका अनुसार, “सुमना जी र अन्य पदाधिकारीहरू दोस्रो चरणमा पार्टीमा जोडिने छन्। अहिलेको लागि केन्द्रिय कमिटीमा प्लेन संरचना हुनेछ। हामी माइन्युटिङ र हस्ताक्षरको काम गर्दैछौँ। सम्भव भएसम्म आजै चार बजेसम्म दर्ता प्रक्रिया पूरा गर्ने प्रयास छ, नभए भोलि।”

अहिलेसम्म केन्द्रीय कमिटीका सदस्यहरूको नाम टुंग्याउने विषयमा छलफल जारी रहेको छ।

Ads

सम्बन्धित पोष्टहरू