Ads

तानसेनमाथि खुल्ने हिमशृङ्खलाको अद्वितीय क्यानभास : स्वर्गीय बतासेडाँडा (तस्बिरहरू)


तानसेनबाट करिब ३ किलोमिटर उकालो चढेपछि पुगिने बतासेडाँडा हालका वर्षहरूमा पहाडी दृश्य प्रेमीहरूको पहिलो गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ। बादलरहित मौसममा यहाँ उभिँदा पश्चिमतर्फको काञ्जिरोवा हिमालदेखि पूर्वतर्फको जुगल हिमालसम्म फैलिएको विशाल हिमशृङ्खला एकै नजरमा अवलोकन गर्न सकिन्छ। एकै स्थानबाट ५० भन्दा बढी हिमशिखर देखिने भएकाले बतासेडाँडा पाल्पाको सबैभन्दा आकर्षक भ्यु–पोइन्टका रूपमा परिचित बन्दैछ।

पश्चिमतर्फ काञ्जिरोवा रेंजका हिउँचुली पाटन र काञ्जिरोवा हिमाल, त्यसपछि धौलागिरी शृङ्खलाका पुथा हिउँचुली, चुरेन, धौलागिरी १ देखि ६ सम्मका शिखर तथा टुकुचे हिमाल स्पष्ट देखिन्छन्।

मध्यभागको दृश्य झन् मोहक छ। अन्नपूर्ण शृङ्खलाका निलगिरिदेखि तिलिचो, वराहशिखर, अन्नपूर्ण १, दक्षिण, हिमचुली, खाङसार काङ, तारे काङ, गंगापूर्ण, अन्नपूर्ण ३, माछापुच्छ्रे, अन्नपूर्ण ४, अन्नपूर्ण २ हुँदै लमजुङ हिमालसम्मका हिमशिखरहरू आँखै अगाडि परेडझैँ उभिन्छन्।

यसैगरी मानसीरी शृङ्खलाका मनास्लु, ङादी चुली, हिमालचुली; गणेश हिमालका गणेश २, पविल, सलासुङ्गो; लाङटाङ क्षेत्रको लाङटाङ लिरुङ् तथा जुगल हिमाल क्षेत्रका केही शिखरहरू पनि बतासेडाँडा पुगेका जो–कहीँले सहजै अवलोकन गर्न सक्छन्।

स्थानीयवासीका अनुसार करिब २००० सालअगाडि यहाँबाट देखिने दृश्य अझै भव्य र प्रस्ट थियो। यद्यपि आज पनि जब मौसम खुल्छ, बतासेडाँडा पुगेको जो–कसैका लागि विशाल हिमशृङ्खलाको अविस्मरणीय दृश्य जीवनभरकै स्मरण बन्न पुग्छ।

पर्यटन व्यवसायीहरूका अनुसार उचित संरचना र प्रचारप्रसार भयो भने बतासेडाँडाले नजिकैको पाल्पा र आसपासका क्षेत्रमा पर्यटन सम्भावना अझै बढाउने अनुमान गरिएको छ।

तस्वीरहरू :

Himal-Batasedanda-(15)-1763090710.jpg

Himal-Batasedanda-(14)-1763090706.jpg

Himal-Batasedanda-(13)-1763090704.jpg

Himal-Batasedanda-(12)-1763090701.jpg

Himal-Batasedanda-(11)-1763090700.jpg

Himal-Batasedanda-(10)-1763090697.jpg

Himal-Batasedanda-(9)-1763090696.jpg

Himal-Batasedanda-(8)-1763090693.jpg

Himal-Batasedanda-(7)-1763090692.jpg

Himal-Batasedanda-(6)-1763090690.jpg

Himal-Batasedanda-(3)-1763090686.jpg

Himal-Batasedanda-(4)-1763090686.jpg

Himal-Batasedanda-(1)-1763090683.jpg

Himal-Batasedanda-(2)-1763090683.jpg

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  ०९:११

Ads

सम्बन्धित पोष्टहरू