पाँचथरका आठै स्थानीय तहमा यस वर्ष धान भित्र्याउने काम तीव्र गतिमा चलिरहेको छ। कतै किसान धान काट्न व्यस्त छन्, कतै मुठा बाँध्दै छन्, भने कतै दाइँ गर्दै खेतबारी सुन्तलामै छ । धान भित्र्याउने मौसम चल्दै गर्दा खेत–खेतमा देखिने यो दृष्यले पाँचथरको कृषि जीवन्तता झल्काउँछ।
तर, गत असोज–कात्तिक महिनामा परेको अविरल वर्षाले यस वर्षको धान उत्पादनमा उल्लेख्य असर पारेको छ। धेरै खेतमा धान ढलेको छ भने बाढी–पहिरोले केही क्षेत्रफलमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ।
कृषि ज्ञान केन्द्रका प्रमुख महेशकुमार चौधरीका अनुसार करिब १० प्रतिशत क्षेत्रफलमा फलेको धान वर्षाले नोक्सान पारेको छ। जिल्लामा ५ हजार ६१५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्छ। यस वर्ष १३ हजार ३०८ मेट्रिक टन धान उत्पादन हुने प्रक्षेपण गरिएको थियो।
हाल वर्षाको वास्तविक क्षतिको विस्तृत तथ्याङ्क संकलन भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्