Ads

एनपिएलमा आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने


नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्न लागेका छन्। खेल अपराह्न ४ः०० बजे सुरु हुनेछ।

एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेलले गर्नेछन् भने रोयल्सलाई दीपेन्द्रसिंह ऐरीले कप्तानी गर्नेछन्।

पोखराको टोलीमा घरेलु र विदेशी खेलाडीको सन्तुलित संयोजन रहेको छ। आकाश चन्द, सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपिन खत्री तथा विकेटकिपर एडम रोसिङ्टन आजका प्रमुख खेलाडीका रूपमा हेरिएका छन्।

उता, सुदूरपश्चिम रोयल्स पनि बलियो लाइनअपसहित मैदान उत्रिने तयारीमा छ। टोलीमा विकेटकिपर विनोद भण्डारी, विश्व क्रिकेटमा चर्चित क्रिस लिन, जोश ब्राउन, स्कट कुग्गेल्जिन, आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी र बलर अविनाश बोहरा समावेश छन्।

दुवै टोली बीच रोमाञ्चक प्रतिस्पर्धाको अपेक्षा गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू