नेकपा एमालेले पार्टीको नीति, नेतृत्व तथा सामाजिक सुरक्षालाई सबल बनाउने उद्देश्यसहित आज ‘नेशनल भोलेन्टियर फोर्स (एनभीएफ)’ घोषणा गर्न लागेको छ। घोषणा समारोहअघि एमाले निकट युवाहरूले काठमाडौंमा र्याली निकालेर फोर्सप्रति ऐक्यबद्धता जनाएका छन्।
र्यालीको नेतृत्व युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, मधेश बस्नेत लगायतका नेताहरूले गरेका थिए। सहभागीहरूले समाजमा बढ्दो असुरक्षा, अशान्ति र भदौ २३–२४ का घटनाले जनमानसमा परेको मनोवैज्ञानिक प्रभावलाई सम्बोधन गर्न यस्तो संरचना आवश्यक भएको बताएका छन्।
एनभीएफको औपचारिक घोषणा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बबरमहलस्थित कार्की ब्यांक्वेटमा गरिनेछ। एमालेले पछिल्लो समय देशभर देखिएको सुरक्षा चुनौती र नागरिकको मनोबल खस्किएको अवस्थामा स्वेच्छिक फोर्स गठनले समाजमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्