काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनार्दन शर्मा र रास्वपाबाट बाहिरिएका सन्तोष परियारको समूहबीच आइतबार एकता घोषणा हुँदैछ ।
राष्ट्रिय सभा गृहमा आइतबार बिहान ११ बजे एकता घोषणा गर्दै उनीहरूले नयाँ दल ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ दर्ता गर्ने सहमति गरेका हुन् ।
घोषणाअघि तीनै पक्षले आ–आफ्ना बैठक र भेला सम्पन्न गरिसकेका छन्। भट्टराई समूहले तीनकुनेमा, शर्माले त्रिपुरेश्वरमा र परियार समूहले छुट्टाछुट्टै छलफल गरेका बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्