नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्ससामु १३६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३५ रनको योगफल बनाउन सफल भयो।
विराटनगरका लागि शुभम रन्जानेले उत्कृष्ट ३७ रनको पारी खेले भने बसिर अहमदले ३६ रन जोडे। त्यसैगरी लोकेश बमले २८, मार्टिन गप्टिलले १३ र जर्ज मुन्सेले १० रनको योगदान दिए।
बलिङतर्फ जनकपुरका रुपेश सिंह र संगीत कुरेले दुई–दुई विकेट हात पारे भने आदित्य महताले एक विकेट ल्याए।
अब जनकपुर बोल्ट्सले १३६ रनको लक्ष्य पछ्याउँदै मैदानमा ओर्लिने छ।
प्रतिक्रिया दिनुहोस्