Ads

तोलामा ५ हजार २०० रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौँ, । मंगलबार एकैदिन सुनको मूल्य तोलामा पाँच हजार २०० रुपैयाँ बढेको छ।

सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार सुनको मूल्य तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ३ हजार ११५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ३ हजार २०० रुपैयाँ पुगेको महासंघको भनाइ छ ।

Ads

सम्बन्धित पोष्टहरू