Ads

दोलखा एमालेका पूर्वसचिव भरत दुलाल नेकपामा प्रवेश


काठमाडौं । नेकपा एमाले दोलखाका पूर्व जिल्ला कमिटी सचिव तथा शैलुङ गाउँपालिकाका पूर्व अध्यक्ष भरत दुलाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा औपचारिक रूपमा प्रवेश गरेका छन्।

अध्यक्ष प्रचण्डसँग भेटघाटपछि दुलालको पार्टी प्रवेश सार्वजनिक गरिएको प्रेस सेन्टरका उपाध्यक्ष लक्ष्मण खड्काले जानकारी दिए। उनका अनुसार दुलाल लामो समयदेखि दोलखा एमालेभित्र प्रभावशाली नेताका रूपमा परिचित रहे पनि जिल्ला कमिटी अध्यक्षमा पराजित भएपछि सक्रिय राजनीतिबाट केही टाढा रहेका थिए।

पार्टी प्रवेश कार्यक्रम अध्यक्ष प्रचण्डको उपस्थितिमा सम्पन्न भएको थियो। सो अवसरमा नेकपाका नेता विशाल खड्का, रेनु दाहाल, साबिक नेकपा एसका नेता तथा तामाकोशी गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसी, भीम दाहाललगायत स्थानीय तथा केन्द्रीय नेता सहभागी थिए।

दुलालको प्रवेशलाई नेकपाले दोलखामा आफ्नो संगठन विस्तार र प्रभाव बलियो बनाउने महत्वपूर्ण कदमका रूपमा लिएको स्रोतहरूको भनाइ छ।

Ads

सम्बन्धित पोष्टहरू