Ads

प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले आज दल दर्ता गर्ने


काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले आज दिउँसो निर्वाचन आयोगमा पुगेर औपचारिक रूपमा दल दर्ता प्रक्रिया सम्पन्न गर्ने तयारीमा छ।
एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्यले नेपाल प्रेससँग कुरा गर्दै पार्टी नेतृत्वका प्रतिनिधिहरू आजै आयोगमा पुगेर दर्ता प्रक्रिया पूरा गर्ने बताएका छन्।

आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर १० गतेसम्म दल दर्ता गराइसक्नुपर्नेछ। आयोगका अनुसार सोमबारसम्म प्रतिनिधिसभा निर्वाचनका प्रयोजनका लागि ६४ दलले दल दर्ता गराएका छन्।

प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा निरन्तर उठाउँदै आएको एमालेले निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन आज औपचारिक दर्ता गर्न लागेको हो। पार्टी नेताहरूका अनुसार निर्वाचनमाथिको अनिश्चितता हटाउँदै संगठनका सबै संरचनालाई चुनावमुखी बनाउने लक्ष्यसहित दर्ता प्रक्रिया अघि बढाइएको हो।

Ads

सम्बन्धित पोष्टहरू