Ads

एनपिएलमा आज दुई रोचक भिडन्त : लुम्बिनी–सुदूरपश्चिम र जनकपुर–पोखरा आमनेसामने


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा दुई महत्वपूर्ण खेलहरू हुने भएका छन्।

पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् भने दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्नेछन्।

पहिलो खेल बिहान ११:४५ बजे सुरु हुनेछ। कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा लुम्बिनी लायन्सले लिगमा आफ्नो प्रदर्शन सुधार गर्दै सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्य राखेको छ। तीन खेलमा एक मात्रै जित हात पारेको लुम्बिनी हाल अंक तालिकाको छैटौं स्थानमा छ।

अपराह्न ४ बजे सुरु हुने दोस्रो खेल सुदूरपश्चिम रोयल्सका लागि महत्वपूर्ण मानिएको छ। दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिमले लगातार तीन खेलमा जित निकाल्दै ६ अंकसहित लिगको शीर्ष स्थानमा आफ्नो स्थान मजबुत पारेको छ।

उता, साविक विजेता जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स दुवै टिम आज जित हात पार्दै प्रतियोगितामा पुनरागमन गर्ने दाउमा छन्। अनिल शाहको कप्तानीमा जनकपुर र कुशल भुर्तेलको नेतृत्वमा पोखरा, दुवै टिम यसअघि खेलेका खेलहरूमा पराजित भएका कारण आजको भिडन्त उनीहरूका लागि निर्णायक बन्ने देखिन्छ।

Ads

सम्बन्धित पोष्टहरू