Ads

सुदूरपश्चिमले टस जित्यो, पहिला ब्याटिङ गर्दै लुम्बिनी


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने भइरहेका छन्। टस जितेको सुदूरपश्चिमले फिल्डिङ रोजेसँगै लुम्बिनी लायन्स पहिला ब्याटिङमा उत्रिएको छ।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम आज लगातार चौथो जित निकाल्ने लक्ष्यमा छ। यस अघि टिमले कर्णाली याक्स, पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजलाई पराजित गर्दै तीन खेलमै शतप्रतिशत जित दर्ता गरेको थियो।

उता, रोहितकुमार पौडेल नेतृत्वको लुम्बिनी लायन्स दोस्रो जितको खोजीमा छ। तीन खेलमध्ये काठमाडौँ गोर्खाज र कर्णाली याक्ससँग पराजित भएको लुम्बिनीले चितवन राइनोजविरुद्ध मात्रै जित हात पारेको थियो। आजको खेलले लुम्बिनीलाई अंकतालिकामा उक्लन महत्वपूर्ण अवसर दिनेछ।

Ads

सम्बन्धित पोष्टहरू