एनपीएल दोस्रो संस्करणअन्तर्गत आज कीर्तिपुरमा कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्दैछन्। टस जितेर कर्णालीले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
लगातार हारपछि कर्णालीका लागि यो खेल प्रतिष्ठा जोगाउने मौका बनेको छ।
चार खेलबाट दुई अंक मात्र पाएको कर्णाली छैटौँ स्थानमा छ भने पाँच खेल खेलेर ६ अंकसहित काठमाडौं तेस्रो स्थानमा उक्लिएको छ। चितवन र लुम्बिनीलाई हराउँदै काठमाडौं उच्च आत्मविश्वासमा छ।
अंक तालिकामा सुदूरपश्चिम १० अंकसहित प्लेअफ सुरक्षित गरिसकेको छ भने विराटनगर ८ अंकका साथ दोस्रोमा छ। चितवन र लुम्बिनी ४–४ अंकका साथ चौथो र पाँचौं स्थानमा छन्।
मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरमै भइरहेको एनपीएलमा ८ फ्रेन्चाइजबीच ३२ खेल जारी छन्। टिकट मूल्य ५ सयदेखि २ हजार रुपैयाँसम्म तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्