नेकपा एमालेको ११ औँ महाधिवेशनको प्रतीक चिह्न (लोगो) आइतबार औपचारिक रूपमा सार्वजनिक गरिएको छ।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लोगो अनावरण गर्दै आगामी महाधिवेशनको तयारी औपचारिक रूपमा सुरू गरेका हुन्।
नव–सार्वजनिक लोगोमा धरहरा, राष्ट्रिय झण्डा र सूर्य चिह्न समावेश गरिएको छ, जसले राष्ट्रिय पहिचान, गौरव र एमालेको वैचारिक निरन्तरताको प्रतीकात्मक प्रस्तुति दिएको बताइएको छ।
एमालेको ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा भव्य रूपमा आयोजना हुँदैछ, जहाँ नेतृत्व चयनदेखि नीतिगत दिशानिर्देशनसम्मका महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्