Ads

लामो रस्साकस्सीबीच २६ देखि २८ पुससम्म १५औँ महाधिवेशन गर्ने कांग्रेस निर्णय


नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने निर्णय गरेको छ।

सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशन कार्यतालिका सर्वसम्मत रूपमा पारित गर्दै तयारी प्रक्रियालाई औपचारिकता दिएको हो।

यसै बैठकले वर्तमान केन्द्रीय कार्यसमितिको कार्यकाल माघ मसान्तसम्मका लागि थप गर्ने निर्णय पनि गरेको छ। पार्टीभित्र विशेष कि नियमित महाधिवेशन भन्ने विषयमा देखिएको मतभेदका कारण पटक–पटक स्थगित हुँदै आएको बैठक आजबाट नियमित रूपमा अघि बढ्न थालेको हो।

बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस मसान्तमै नियमित महाधिवेशन गर्ने प्रस्ताव सहित विस्तृत कार्यतालिका प्रस्तुत गरेका थिए। आन्तरिक बहस तथा अनिश्चितताबीच अखेर कांग्रेस महाधिवेशनको मिति टुंगो लागेसँगै संगठनात्मक प्रक्रियालाई गति मिल्ने संकेत देखिएको छ।

Ads

सम्बन्धित पोष्टहरू