नयाँ राजनीतिक शक्ति ‘उज्यालो पार्टी नेपाल’ आज औपचारिक रूपमा घोषणा हुँदैछ। पार्टी घोषणा सभा दिउँसो १ बजे काठमाडौँको प्रज्ञा भवन, कमलादीमा आयोजना हुने भएको छ।
पार्टीले राष्ट्रकाे मूल आकांक्षा प्रतिबिम्बित गर्ने नाराका रूपमा ‘उज्यालो भविष्यका लागि, उज्यालो नेपाल’ प्रस्तुत गरेको छ। घोषणा सभामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ प्रमुख अतिथिको रूपमा सहभागी हुने जनाइएको छ, जसले कार्यक्रमप्रति संस्थापक नेतृत्वको गम्भीरता र राष्ट्रिय महत्व दुवैलाई संकेत गर्छ।
घोषणा सभाको तयारी अन्तिम चरणमा पुगेको पार्टीका पदाधिकारी अनुप कुमार उपाध्यायका अनुसार आजको समारोहमा पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र ‘घोषणापत्र–२०८२’ औपचारिक रूपमा सार्वजनिक गरिनेछ। उनले नयाँ पार्टीको संरचना, कार्ययोजना, राजनीतिक मार्गदर्शन र आगामी कार्यक्रमबारे विस्तृत जानकारी घोषणा सभामार्फत सार्वजनिक गरिने समेत बताए।
उज्यालो पार्टी नेपालको औपचारिक उदयसँगै राष्ट्रिय राजनीतिमा नयाँ विकल्प, नयाँ विचार र नयाँ राजनीतिक अभ्यासबारे बहस झनै तीव्र हुने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस्