Ads

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ


नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (बुधबार) पक्राउ गरेको छ।

स्रोतका अनुसार, पक्राउ परेका अधिकारीलाई अनुसन्धान प्रक्रिया अगाडि बढाउन र म्याद थपका लागि  विशेष अदालत लगिएको छ। अधिकारीमाथि क्यानसँग सम्बन्धित विविध अनियमितता तथा सम्भावित दुरुपयोगका मुद्दामा अनुसन्धान भइरहेको बताइएको छ।

अधिकारिहरूको प्रारम्भिक बयान र प्रमाण संकलन पछि आगामी दिनमा थप कानुनी प्रक्रिया अघि बढाउने तयारी भएको छ। यस प्रकरणले नेपाल नागरिक उड्डयन क्षेत्रमा पारदर्शिता र नियमन कस्तो अवस्थामा छ भन्ने विषयमा पनि नयाँ बहस सुरु गराएको छ।

Ads

सम्बन्धित पोष्टहरू