आगामी २१ फागुनमा निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीसम्बन्धी महत्वपूर्ण विषयमा छलफल गर्न आज सर्वपक्षीय बैठक बस्दैछ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे निर्धारित गरिएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ।
बैठकमा सरकारका प्रतिनिधिसँगै प्रमुख पाँच राजनीतिक दल— नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) —का शीर्ष नेताहरू सहभागी हुनेछन्। साथै निर्वाचन आयोगका पदाधिकारी तथा सुरक्षा निकायका उच्च अधिकारीहरू पनि उपस्थित रहनेछन्।
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बस्न लागेको यो बैठक आगामी निर्वाचनको समग्र तयारी, सुरक्षा व्यवस्था, आचारसंहिता पालनासहित आवश्यक समन्वयबारे विस्तृत छलफल केन्द्रित हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्