Ads

लुम्बिनी लायन्सको जितले एनपिएल प्लेअफ समीकरण एकैचोटि टुंगिने


त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन्।

छ खेलबाट छ अंक जोडेर तालिकाको दबाबमा रहेको लुम्बिनीका लागि आजको खेल ‘गर–वा–मर’ समान छ। प्लेअफको दौडमा टिक्न लुम्बिनीलाई जित अपरिहार्य बनेको छ। लुम्बिनी विजयी भएमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्स प्लेअफबाट बाहिरिनेछन्।

उता, जनकपुर बोल्ट्सले हालसम्म पाँच खेलबाट केवल दुई अंक मात्र जोडेको छ। प्लेअफ आशा लगभग क्षीण बनेको जनकपुर आज प्रतिष्ठाका लागि लड्ने अपेक्षा गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू