Ads

प्रतिनिधिसभा चुनाव : रास्वपामा प्रत्यक्ष उम्मेदवारीका लागि आजदेखि आवेदन खुला


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार चयन प्रक्रियामा सहभागी हुन आजदेखि आवेदन खुलाएको छ।

उम्मेदवार छनोट समितिका संयोजक विपीनकुमार आचार्यद्वारा जारी सार्वजनिक सूचनामा योग्य र इच्छुक पार्टी सदस्यलाई मोबाइल एपमार्फत आवेदन दिन आग्रह गरिएको छ। प्रत्यक्षतर्फका लागि आवेदन शुल्क २५ हजार तोकिएको छ भने समानुपातिकतर्फका उम्मेदवारका लागि ५० हजार शुल्क निर्धारण गरिएको छ।

आर्थिक अभावका कारण आवेदन शुल्क तिर्न कठिन हुने व्यक्तिका लागि भने रास्वपाले विशेष व्यवस्था गरेको छ। विपन्नताको परिचयपत्र र सम्बन्धित पालिका समितिको सिफारिस बुझाउने व्यक्तिलाई शुल्क छुट दिइने सूचनामा उल्लेख गरिएको छ।

रास्वपाले यसअघि विहीबार समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको थियो।

Ads

सम्बन्धित पोष्टहरू