Ads

कर्णाली याक्सविरुद्ध टस जितेर बलिङ गर्दै जनकपुर बोल्ट्स


सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने छन्। टस जितेको जनकपुरले बलिङ रोजेपछि कर्णालीले पहिले ब्याटिङ गर्ने भएको छ।

दुवै टोली पहिले नै ‘प्लेअफ’ बाट बाहिरिसकेकाले यो खेल प्रतिष्ठाका लागि महत्वपूर्ण मानिएको छ। सातौँ स्थान सुरक्षित गर्ने अवसर रहेको यस भिडन्तमा दुवै टिमले आज तीन–तीन खेलाडी परिवर्तन गरेका छन्।

जनकपुर बोल्ट्सको प्लेइङ–११:
आशिफ शेख, अनिलकुमार साह, ललित राजवंशी, मयन आग्री, तुलबहादुर थापा मगर, आदित्य महता, माज सदाकत, जान निकोल लफ्टी इटोन, सञ्जय कृष्णमूर्ति, संगीत कोरे र पप्पु यादव।

कर्णाली याक्सको प्लेइङ–११:
सोमपाल कामी, दीपेन्द्र रावत, पवन सर्राफ, इमरान शेख, नन्दन यादव, अर्जुन घर्ती, गुल्सन झा, मार्क वाट, विलियम वसिस्टो, नजिबुल्लाह जड्रान र प्रियांक पञ्चल।

यो खेलले लिगको अन्त्यतिर टिमहरूको समग्र प्रदर्शनमा अंतिम स्थाननिर्धारण गर्नेछ।

Ads

सम्बन्धित पोष्टहरू