राजधानी काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो क्वालिफायर खेल आज हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अपराह्न ४ बजे निर्धारित खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स आमनेसामने हुनेछन्।
लिग चरणको उत्कृष्ट प्रदर्शनका आधारमा सुदूरपश्चिम शीर्ष स्थान र विराटनगर दोस्रो स्थानमा उक्लिँदै क्वालिफायर–१ को टिकेट सुरक्षित गरेका हुन्। सात खेलमध्ये सुदूरपश्चिमले ६ मा जित दर्ता गरेको थियो भने विराटनगरले ५ खेल जित्दै शीर्ष–दुईमा स्थान बनाएको हो। लिग चरणमै एकअर्कासँग भिड्दा सुदूरपश्चिमलाई विराटनगरले पराजित गरेको थियो। विराटनगर भने चितवन र लुम्बिनीविरुद्ध हार चाख्नुपरेको थियो।
आजको खेल विजेताले सिधै फाइनल यात्रा सुनिश्चित गर्नेछ। पराजित टोलीले भने उपाधि दौडमा टिकिरहन इलिमिनेटरमार्फत अर्को मौका पाउनेछ।
प्रतिक्रिया दिनुहोस्